राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काभ्रेको अध्यक्षमा वाईपी घिमिरे
बनेपा/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति काभ्रेको छैठौं अधिबेशन तथा १२ औ बार्षिक साधारण सभाबाट यांक प्रसाद (वाई पि) घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा रमेश थापा, उपाध्यक्ष नवराज फँयाल सचिब चेतनाथ तिमल्सिना कोषाध्यक्ष निशा घिमिरे रहेका छन् । अधिबेशनको उद्घाटन वेथान्चोक गाँउपालिका अध्यक्ष भवगान अधिकारीले गरेका थिए । अधिकारीले पछिल्लो समय दोहोरी गीतहरु छाडा हुदै परिवार भित्र बसेर हेर्न समेत नमिल्ले भएकाले त्यस्ता कार्यलाई रोक्नु पर्ने बताए । कलाकार भनेको समाज परिवर्तनका लागी सुख दुखका गीत गाउने, सम्पदाको जगेर्ना गर्ने खालका गीत हुनु पर्ने अधिकारीले बताए ।
कार्यक्रममा स्वगात मन्तब्य प्रतिष्ठानका प्रथम उपाध्यक्ष रमेश थापाले राखेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, महासचिब शिब हमाल, वागमती प्रदेश अध्यक्ष बासु सिंखडा, बरिष्ठ लोक गाएक मच्छेश्वर सापकोटा लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष केदार न्यौपानेले गरेका थिए ।






