प्रभात साकोसमा फिरोज शाक्यको नेतृत्व
बनेपा/प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारण सभा बाट फिरोज शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको सचिबमा बलराम मानन्धर, कोषाध्यक्ष धन बहादुर कर्माचार्य, सदस्यहरुमा कल्पना सापकोटा, गणेश बहादुर भुजेल, पुर्णकाजी मानन्धर रहेका छन् । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा पुर्णिमा प्रधानाङ्ग, सदस्यमा राजु मानन्धर र सरस्वती श्रेष्ठ रहेका छन् । सधारण सभा संस्थाका अध्यक्ष सागर कपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कपालीलले देशको आर्थिक अबस्था चलायमान हुन नसक्दा सहकारी क्षेत्र झनै प्रभावित भएको बताए । लगानीका क्षेत्रहरु सुस्ताएका कारण सहकारीमा तरलता थुप्रीएको अबस्था रहदाँ रहदै पनि संस्था दरिलो रुपमा उभिन सफल भएको कपालीले बताए ।
सहकारीमा सामन्य नागरीकहरुको समेत पहँच पुगेका कारण सहज भएको र सहकारीले सदस्यहरुको आर्थिक स्तर उकास्न सहयोग गर्दै आएको बताए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिबेदन सचिब सुमन चौ प्रधानले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बलराम मानन्धरले तथा लेखा प्रतिबेदन संयोजक भरत दाहालले सभमा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पुजीं ६२ लाख, बचत हिसाब २ करोड ९१ लाख ९७ हजार रहेको जनाएको छ । कार्यक्रममा एस ई ई उतिर्ण बाल सदस्यहरु, उत्कृष्ण ऋणी, बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सदस्य पुर्णिमा प्रधानाङ्गले गरेकी थिईन् ।






