नेपाल फार्मेसी संघ काभ्रेको प्रथम भेला सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

नेपाल फार्मेसी संघ काभ्रेको प्रथम भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बनेपामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष युवराज भुषालको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष अमृत खनाल र संस्थापक उपाध्यक्ष सफिहर रहमानको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रथम भेलाबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाल फार्मेसी संघ काभ्रेको अध्यक्षमा शिर मेमोरियल अस्पताल इन्चार्ज गोविन्द सुवाल, उपाध्यक्षमा सन्देश मान्नधर, मनिषा न्यौपाने, महासचिवमा सन्जिता शाही, सचिवमा सविना केसी, टेक ब खत्री, बिजय भट्टराई, कोषाध्यक्षमा अशिम वैद्य, सह–कोषाध्यक्षमा श्रिणा श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

सदस्यमा सृष्टि सुवाल, आयाम प्रधान र कविता बुढाथोकी चयन भएका छन् । संघमा काभ्रे जिल्लामा कार्यरत फार्मासिष्ट तथा फार्मासिष्ट सहायक सदस्य रहेका छन् ।