प्रिमियर साकोसको १४ औ वार्षिक साधारण सभा सम्पन्न

बनेपा/ प्रिमियर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष पुर्णलाल रंजितकारको सभापतित्वमा सम्पन्न भएको छ ।

सभाको उद्धघाटन संस्थाका जेष्ठ सदस्य झलक प्रसाद कोईरालाले गरेका थिए । सभामा संस्थाका संचालक तथा लेखा समितिका पदाधकारी एवं सदस्यहरु, सल्लााहकारहरु लगायत विभिन्न उप–ससिमितका संयोजक एवं सदस्यहरु, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

सभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्याम थापा राखेका थिए । संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगित प्रतिवेदन सचिव राजन सापकोटाले आर्थिक प्रतिवेदन र अनुमानित बजेट कोषाध्यक्ष सुनिल चौलागाइ, तथा लेखा समितिको प्रतिवेदन संयोजक डम्बर बहादुर लम्सालले सभामा प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिव राजन सापकोटाले गर्नु भएको थियो ।

भक्तेशवर बहुउद्देशिय सहकारी संस्था लि, आयाम साकोस र आरभ बहुउद्देशिय सहकारी बिच एकिकरण भई बनेको प्रिमियर बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्य संख्या ७ हजार ५ सय २ जना, शेयर पुजीं रू ४ करोड १८ लाख ३५ हजार, बचत निक्षेप रू ३४ करोड ६४ लाख ८० हजार, जगेडा तथा अन्य कोषहरुमा रू २ करोड ८७ लाख ६८ हजार, कर्जा लगानि रू ३२ करोड ४० लाख ३८ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाले विभिन्न सामाजिक गतिविधिहरुमा वार्षिक कार्ययोजना सहित अगाडि बढेको जानकारी संस्थाको प्रमख कार्यकारी अधिकृत सन्तोष दाहालले दिएका थिए । संथाको रिक्त रहेको लेखा सदस्य पदमा बद्रि प्रसाद पराजुलि निर्वाचित भएका छन् । सभास्थलमा सुप्रिम डेन्टल केयर प्रा.लि.को सहकार्यमा सदस्यहरुको नि:शुल्क दन्त परिक्षण शिविर संचालन गरिएको थियो ।