नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखामा रक्तदान कार्यक्रम
जनागाल/ नेपाल रेडक्रस सोसाइटी जनागाल उपशाखाको आयोजनामा बनेपा–१० नं वडा कार्यालय पुलबजार खुल्ला रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।
बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा उपशाखा सभापति यादब थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, नेरेसो जिल्ला शाखाका मन्त्री राजु सिग्देल लगाएतको सहभागीता रहेको थियो ।
रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदानलाई सहयोग गर्ने सघं संस्थाहरुलाई सम्मान गरिएको थियो । बनेपा १० नं वडा कार्यालय, डावर नेपाल प्रालि, नाइटिङ्गेल एकेडेमी, बमेल सिनेमा प्रालि र नगद सहयोगदाताहरु बनेपा ११ धनेश्वर निवासी सकुल थापा, बनेपा १० जनागालबाट भगवान थापा, हरिशरण देउजा, जयराम खड्का, नारायण प्रसाद महाजु, केदारनाथ तिमल्सिनालाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । रक्तदान कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण रक्तदाताहरु, अतिथिहरू, रक्त सञ्चार केन्द्रका प्राविधिकहरु, सहयोगदाताहरु लगायतलाई उपशाखा सभापति यादव थापाले धन्यबाद दिएका थिए ।






