काभ्रेपलाञ्चोक जिल्लाका २३ सय ९७ जनालाई कैद र जरिवना, कार्यान्वनमा चुनौती
धुलिखेल/ कैद तोकिएर जेल भित्र सजाय भोगिरहेका देशभरका करिव ५ हजार कैदीबन्दी खुल्ला छन् । काभ्रेमा मात्रै १ सय भन्दा धेरै छन् । कैद तोकिएका ३ सय २ जना छन् । कैद र सजायँ दुबै चोकिएका ११ सय २६ जना छन् । जरिवना मात्रै तोकिएका ९ सय ६६ जना छन् । कुल २३ सय ९४ जना अदालतले दण्ड र जरिवना तोकिएका छन् । यी सबै स्वदेशी हुन् ।
कैद मात्र तोकिएको एक जना विदेशी र कैद तथा जरिवना तोकिएका २ जना विदेशी छन् । अघिल्लो आर्थिक वर्ष २४ सय जना ब्यक्तिको जिम्मेवारी सरेको थियो । ३४ जना यस वर्ष थप भएका थिए । २४ सय ३४ मध्ये ३७ जनाको लगत कटौती भई फछ्र्याैट भएको छ । कुल २३ सय ९७ जना दोषिबाट कैद तथा जरिवना असुल गर्न बाँकी रहेको जिल्ला अदालत काभ्रेपलाञ्चोककी तहसिलदार विनिता मर्हजनले जानकारी दिईन् । यहि अवधीमा निर्वाचन घोषणा गरिएको छ । घोषित निर्वाचन सम्पन्न गर्न शान्ति सुरक्षा र मनोबल प्रमुख चुनौती बनिरहेको छ । यो भन्दा गम्भिर सवाल अदालतले तोकेको कैद, दण्ड जरिवना, सरकारी विगो, अपराध पीडितलाई भराउने क्षतिपुर्ति तथा बक्यौता फछर्याैट अर्काे चुनौती देखिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकको तहसिल शाखाले प्रहरी कार्यालय मार्फत मातहतका युनिटहरु र स्थानीय सरकारलाई त्यस्ता ब्यक्तिहरुको नामावली पठाएको भए पनि पक्राउ पर्ने र कैद तथा जरिवना भुक्तान गर्न आउनेहरुको संख्या न्यून छ । जेनजी आन्दोलनका कारण प्रहरी र कर्मचारीको मनोबल उच्च हुन सकेको छैन । प्रहरीका लुटिएका हतियार अझै बाहिर छन् । तहसिलदार विनिता महर्जनका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा असोज मसान्तसम्म १६ सय ७४ वर्ष ७ महिना २६ दिन कैद असुल गर्न बाँकी छ । त्यस्तै १ अर्ब ५० करोड ४० लाख १२ हजार ८ सय ४७ रुपैया जरिवना असुल गर्न बाँकी छ । अपराध पीडितलाई भराउनु पर्ने क्षतिपुर्ति रकमको अंक ७ करोड ४५ लाख २८ हजार २ सय ४८ रुपैया छ ।
२०८२ असार मसान्तसम्म कैद १७ सय ७ वर्ष २ महिना ३ दिन असुल गर्न बाँकी थियो । १ अर्ब ५० करोड ३० लाख ९३ हजार ४ सय ३९ रुपैया जरिवना बाँकी थियो । साउन, भदौ र असोज महिनामा असुल तथा नयाँ थप गरी कुल बाँकी १ अर्ब ५० करोड ४० लाख १२ हजार ८ सय ४७ रुपैया रहेको हो । फैसला कार्यान्वयनका लागि देवानी ३ सय ५४, फौजदारी ४१ गरी ३ सय ९५ वटा निवेदन बाँकी छन् । जसमा ६ महिना नाघेका १ सय ७४ र ६ महिना भित्रका २ सय २१ रहेका छन् । अघिल्लो वर्षको जिम्मेवारी सरेको १२ सय ९२, यस वर्षको ३४ गरी १३ सय २६ वटा मुद्दाको लगत भएकोमा चालु वर्षमा ३७ वटा फछर्याैट भएको छन् । कुल १२ सय ८९ वटा मुद्दाको लगत बाँकी छन् । कैद तोकिएका ३ सय २ जना ब्यक्ति अझै फरार छन् ।





