रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु भोलि एमाले फर्किने

नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई स्वागत गर्ने भएको छ। सोमबार राष्ट्रिय सभागृहमा एक समारोह गरी एमालेले पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गर्न लागेको हो।

नेकपा एमालेको भ्रातृ संस्था प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नेछन्।

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादी गठनका लागि गएका रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत पुनः एमालेमै फर्किँदैछन्।