२५ गते बनेपामा एमालेको बृहत जनप्रदर्शन, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने
नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा बनेपामा वृहत जनप्रदर्शन हुँदैछ । कार्तिक २५ गते नगरस्तरीय भेला तथा बृहत जनप्रदर्शन गर्न लागिएको एमाले बनेपा नगर कमिटी अध्यक्ष नवराज मानन्धरले जानकारी दिए । उक्त भेलालाई नेकपा एमालेका महासचिव शकर पोखरेलले सम्बोधन गर्नेछन् । यस्तै एमाले पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा लगायतका नेताले समसामयिक विषयमा सम्बोधन गर्ने तय भएको छ ।
राष्ट्रहितमा काम गरेकैले जेनजी आन्दोलनमा एमालेका नेता कार्यकर्तालाई टार्गेट गरेर आक्रमण भएको निष्कर्ष निकाल्दै एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ । पार्टीको सर्कुलर अनुसार जनप्रदर्शन गर्न लागिएको अध्यक्ष मानन्धरले बताए ।
जिल्लाका १३ वटै स्थानीय तहका नेता, कार्यकर्ता, शुभेच्छुकलाई कार्यक्रममा सहभागीताका लागि एमाले बनेपा नगर कमिटीले आह्वान गरेको छ । एमालेले जनप्रदर्शनमा प्रयोग गर्ने नारा समेत तय गरेको छ । यस्तो छ नाराः
–प्रतिगामी षड्यन्त्र मुर्दावाद
–विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर
–२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर
–तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।
–हत्या, हिंसा, आतंक बन्द गर
–नेकपा एमाले जिन्दावाद
–जनताको बहुदलीय जनवाद जिन्दावाद।






