कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ /राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो।
पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ। बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।






