एसओएस काभ्रेमा खेल सप्ताह शुरु
काभ्रे / एसओएस हर्मन माइनर विद्यालय, काभ्रेमा खेल सप्ताह–२०८२ सोमबार भव्य रूपमा उद्घाटन गरिएको छ ।
कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मेयर भण्डारीले विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासित, नैतिकवान् र राष्ट्रप्रेमी बन्ने प्रेरणा दिए। उनले खेल भावना र मैत्रीपूर्ण प्रतिस्पर्धाका माध्यमबाट भविष्यमा राष्ट्रका गौरव बन्ने विश्वास व्यक्त गर्दै सहभागी तथा विजयी विद्यार्थीहरूलाई शुभकामना दिए ।
एक सातासम्म चल्ने यस खेल सप्ताहमा पूर्व–प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीबीच विभिन्न खेल विधामा आन्तरिक प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ । फुटबल, भलिबल, खो–खो, बुद्धिचाल लगायत १४ वटा विधा समेटिएको यस प्रतियोगितामा ७५५ भन्दा बढी विद्यार्थी सहभागी रहेका छन् ।
विद्यालयका अनुसार खेल सप्ताहभर विजेता तथा उप–विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।






