सहयोगी साकोसको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा/ सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारण सभा संस्थाका प्रमुख सल्लाहकार विश्वनाथ अधिकारीको प्रमुख आतिथ्यतामा तथा अध्यक्ष राजेन्द्र शाक्यको सभापतित्वमा सम्पन्न भएको छ ।

सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिबेदन सचिब रुद्र प्रसाद शर्माले आर्थिक प्रतिबेदन कोषाध्यक्ष कृपेन्द्र श्रेष्ठले तथा लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक जयराम हुमागाईले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल शेयर पुजीं ४६ लाख ५३ हजार, निक्षेप ३ करोड ३९ लाख ११ हजार ऋण २ करोड ७३ लाख ४६ हजार रहेको जनाएको छ । साधारण सभामा सल्लाहकार प्रलाद प्याकुरेल, माधब मणी हुमागाई, पुर्व लेखा संयोजक ऋृषि राम घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर सदस्य, एसईई मा उतिर्ण बाल सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सदस्य दधिराम न्यौपानेले गरेका थिए ।