बनेपा नगरपालिकाको वार्षिक समिक्षाः चालु खर्च ८२.९८ प्रतिशत र पुँजीगत खर्च ७४.८१ प्रतिशत

बनेपा/ बनेपा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सम्पादित योजना तथा कार्यक्रमहरुको वार्षिक समक्षिा गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको उक्त वार्षिक समिक्षिा कार्यक्रममा उप प्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, शाखाका प्रमुखहरु, टोल विकासका संस्थाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

समिक्षामा नगर प्रमुख शान्तिरत्न शाक्यले गत वर्ष सन्तोष जनक रहेको बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संचालनमा ल्याएको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी विद्युतीय प्रणालीमा ७८ अंक प्राप्त भएको, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूलल्याङ्कनमा ८४ अंक प्राप्त गरेको छ भने यस वर्ष समेत सोहि अनुसार काम गर्न निर्देशन दिएका थिए ।

जनताका गुनासाहरुलाई सहज रुपमा सहजीकरण गर्न शाक्यले कर्मचारी तथा जनप्रतिनिधहरुलाई आग्रह गरेका थिए । शाक्यले नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सेवा प्रवाहलाई जनमैत्री बनाई सहजता प्रदान गर्न नागरिक वडापत्र अध्यावधिक गरी सार्वजनिक गरिएको, कर्मचारीको नियमित उपस्थितिको व्यवस्थित अभिलेखीकरणका लागि सबै वडा कार्यालय, विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रहरुमा ई–हाजिरीको व्यवस्था मिलाइएको, हेलो सरकार मार्फत परेका ३९ वटा गुनासोहरु मध्ये ३५ वटा गुनासोहरु संम्बोधन गरी फर्छर्याेट भएको र बाँकी ४ वटा प्रसोधनको क्रममा रहेको बताए । त्यसै गरी कार्यक्रममा राजश्व १२ करोड ६४ लाख ९५ हजार ९ सय २५ उठेको छ भने अघिल्लो बर्ष भन्दा १.३ प्रतिशतले बडी उठेको राजश्व शाखा अधिकृत समुन भुर्तेलले बताए । त्यसै गरी योजना तर्फ ३ हजार १ सय २ मिटर कालोपत्रे, ७ हजार ८ सय १४ मिटर ढलान, ५ हजार ६ सय ९७ मिटर ग्राबेल, ६ सय ६३ मिटर नयाँ ट्रयाक, १२ वटा खानेपानी ट्याङ्की निमार्ण, १२ किलो मिटर पाईपलाईन बिस्तार गरी ९७ प्रतिशत योजना सम्पन्न भएको बताईएको थियो ।

नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को कुल बजेट रु १ अर्व २४ करोड २८ लाख ६८ हजार रहेकोमा ९७ करोड ९१ लाख २२ हजार ५ सय ५३ खर्च भई जम्मा ७८ प्रतिशत खर्च भएको लेखा अधिकृत विनोद हुमागाईले जानकारी दिए । हुमागाएले चालु खर्च ८२.९८ प्रतिशत र पुजींगत खर्च ७४.८१ प्रतिशत खर्च भएको कार्यक्रममा बताए । त्यसै गरी सामाजिक विकास तर्फ टोल विकास संस्था गठन तथा परिचालन सम्वन्धी कार्यविधिको निर्माण गरी ७४ वटा टोल विकास संस्थाहरुलाई अभिमुखीकरण गरिएको र संस्था दर्ता तथा परिचालनको कार्यलाई अनलाईन प्रणालीबाट गर्न प्रारम्भ गरिएको सामाजिक विकास शाखा अधिकृत दिनेश पोखरेलले बताए । त्यसै गरी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्र्तगत तीज विशेषको अवसरमा महिला उद्यमी बजार प्रवद्र्धन मेला तथा लोक गीत प्रतियोगिता कार्यक्रम, ज्येष्ठ नागरिकहरुको लागि अल्जाइमर्स र मानसिक स्वास्थ्य सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम, बाल विवाह, वहु विवाह तथा जातीय भेदभाव रोक तथा नियन्त्रणको लागि १ दिने सचेतना मूलक कार्यक्रम, बालबालिकाहरुलाई नमुना संसदिय अभ्यास, गृहिणी महिला सशक्तिकरण लागि अभिमुखिकरण कार्यक्रम ३ सय ६ जनालाई, सडक बालबालिका मुक्त नगर घोषणा कार्यक्रम लगाएत थुर्पे कार्यक्रम गरिएको शाखा अधिकृत भगवती तामाङले वताईन् । तामाङले लोक सेवा कक्षा संचालन, सामाजिक सुरक्षा भत्ता थप नगरपालिकाबाट (आमा बाबुविहिन बालबालिका), नवप्रर्वद्धन उद्यमीहरुलाई प्रवधी हस्तान्तरण, विपन्न बालबालिकाहरुलाई स्टेशनरी समाग्री वितरण, सडक बालबालिका मुक्त नगर घोषणा, बालमैत्री शासनको अबलम्बन गरीएको बताईन् ।

कार्यक्रममा उप प्रमुख विमला सापकोटाले नगरले समग्र क्षेत्रमा काम गर्दे आएको बताईन् । जनताको आकांक्ष धेरै छ, नगरको स्रोत थोरै भए पनि सिपमुलक तालिमहरु, प्रविधि हस्तान्तरण, सडक, पाटी, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा काम गर्दे आएको सापकोटाले बताईन् ।