ऊर्जा मन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग

काठमाडौँ/ ऊर्जा मन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन जेड मुभमेन्ट’ले माग गरेको छ ।

कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुने गरी विद्युत् खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन जेड मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

मुभमेन्टका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जा मन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत् नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’