देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गराउनेको भीड

काठमाडौं /आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेसँगै देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको सहभागिता बढेको छ। 

यसै क्रममा प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरूको भीड दिनप्रतिदिन बढ्दै गएको छ।

कार्यालयको काम बिहान १० बजेदेखि सुरु हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरू बिहान ९ बजेबाटै लाइनमा उभिने गरेका छन्। दर्ताको समयसीमा नजिकिँदै गर्दा दर्ताका लागि आउनेहरूको सङ्ख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ।