काँग्रेस केन्द्रीय समितिको बैठक जारी 

by | कार्तिक २५, २०८२

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौँ / नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ ।

विगत लामो समयदेखि जारी रहेको केन्द्रीय समिति बैठक मङ्गलवार मध्यान्हबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रीय सदस्यहरू रहेका छन् ।

पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रस्तुत गर्न नदिएपछि केही बैठकहरूमा उपस्थित भएका थिएनन् ।

तर महाधिवेशन कार्यतालिका प्रस्तुत गर्न दिने सहमतिपछि यसअघिको बैठकमा उपस्थित भएका थिए । मङ्गलवारको बैठकमा पनि सहभागी छन् ।

काँग्रेसमा सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर गएपछि पार्टीका निर्णयहरू हुन सकेका छैनन् । एक पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेलामा अर्को पक्ष नियमित महाधिवेशन हुनुपर्ने तर निर्वाचन अघि हुन नहुने पक्षमा छन् ।

केन्द्रीय समितिको बैठकमा संसद पुनः स्थापना, निर्वाचन, विशेष महाधिवेशन लगायत समसामयिक राजनीतिक विषयहरूमा आफ्ना धारणा राख्ने क्रम जारी छ ।