तोलामा २१ सय घट्यो सुन
काठमाडौं/ बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ तय गरेको छ।
अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको थियो। यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ। सुनको भाउ घटे पनि चाँदी बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ।
अघिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ। यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।






