सिड नेपाल बहुदेश्यीय साकोसको २४ औ साधारण सभा, अध्यक्षमा पुन रेशमलाल नेपाली
नाला/ सिड नेपाल बहुदेश्यीय सहकारी संस्था लिमिटेडको २४ औ साधारण सभाबाट पुन रेशमलाल नेपालीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा रामदेवी श्रेष्ठ, सचिव राजन श्रेष्ठ, कोषाध्यक्ष नवराज श्रेष्ठ, सह सचिव कृष्ण कुमार श्रेष्ठ, सह कोषाध्यक्ष मीनप्रसाद पोडे सदस्यहरुमा विष्णु प्रसाद वजगाई, राजु वजगाई, वीर चन्द्र श्रेष्ठ, भीम देवी श्रेष्ठ र श्रीकृष्ण प्रजापती निर्वाचित भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजक राजाराम दाहाल, सदस्यहरुमा गंगालाल श्रेष्ठ र नवराज भण्डारी रहेका छन् । साधारण सभाको उद्धघाटन पन्चकन्या बाट गरिएको थियो ।
सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिबेदन सचिब राजन श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक राजाराम दाहाले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं २ करोड १२ लाख, निक्षेप ३० करोड ऋण लगानी २९ करोड रहेको जनाएको छ । संस्थामा चार हजार शेयर सदस्यहरुलाई आफ्नो लगानीको सुनिश्चितता, आर्थिक समृद्धि गराउने संस्थाका अध्यक्ष रेशमलाल नेपालीले बताए । संस्थाले सदस्यहरुलाई विभिन्न सेवाहरु प्रदान गर्दे आएको प्रवन्धक राजन श्रेष्ठ कोङ्गाले बताए ।
सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, स्वास्थ्य शिबिर, विभिन्न सरसफाई लगाएतका कार्यहरु गर्दे आएको कोङ्गाले बताए । कार्यक्रममा संस्थाका उत्कृष्ट शेयर सदस्य, जेष्ठ सदस्य, असली ऋणी, बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रेशमलाल नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।






