एकताले कतिपयको सातो गएको छ : माधवकुमार नेपाल
काठमाडौं/ नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताका कारण कतिपय नेताहरूको सातो गएको बताएका छन्।
बुधबार नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित गर्ने कार्यक्रममा बोल्दै उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको र यसले राजनीतिमा नयाँ तरंग ल्याएको बताए।
पूर्व प्रधानमन्त्री नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूहरूको एकता अभियानले केही नेताहरूको होस हवास उडाएको टिप्पणी गरे।
उनले गालीगलौजमा उत्रिन आवश्यक नभएको उल्लेख गर्दै, “धन्यवाद प्रस्ताव पारित गरे घाउमा मलम लाग्थ्यो” भन्ने अभिव्यक्ति दिएका थिए।






