नेकपा एमाले चौरी देउराली कमिटीले गर्यो बृहत सभा
चौरी देउराली/ नेकपा एमाले चौरी देउराली गाउँपालिका कमिटीको आयोजनामा बृहत मोटरसाईकल, र्याली तथा कोण सभा सहितजनप्रर्दशन गरेको छ ।
पालिका कमिटि अध्यक्ष बलराम ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नविना लामा, वागमती प्रदेश कमीटी सदस्य तथा पालिका ईन्चार्ज ठाकुर बास्कोटा, प्रदेश कमिटी सदस्य चुडामणी गौतम (हेमक) पुर्व प्रदेश कमिटी सदस्य प्रकाश गौतम (आदित्य) जिल्ला कमिटि सदस्यहरु राजकुमार गौतम, रेशम चौलागाई, तेजमाया गौतम, रविन्द्र गौतम, पालिका कमिटि पदाधिाकारीहरु, वडा कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा मोटरसाइृकल र्याली कातिके देउराली, मादनकुडारी, चौरी, ढाडखर्क भन्ज्याङ्ग छेडा हुदै पालिकामा पुगी कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य नविना लामा, वागमती प्रदेश कमीटी सदस्य तथा पालिका ईन्चार्ज ठाकुर बास्कोटाले सर्वाेच्चताका लागि एमाले सधै लडिरहेको बताउँदै सार्वभौमिकता सहितको सर्वेच्चताका लागि एमालेले निरन्तर राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाईरहेको बताए ।






