आज देशभरको मौसम सफा रहने पूर्वानुमान

by | कार्तिक २७, २०८२

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ /हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।