लिटिल आइडल नेपालको छनौट शनिबार

काठमाडौं/ यो वर्षको लिटिल आइडल नेपाल २०२५ को छनौट  शनिबार हुँदैछ । बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उद्धेश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको छ  । 

ट्रेवल फेसन कन्सन प्रालिका निर्दैशक  शैलेन्द्र कुमार श्रेष्ठका अनुसार देशभरबाट छनौट भएका उत्कृष्ट बालबालिकाहरुले यो कार्यक्रममा भाग लिदै छन् । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थतामा जोरपाटीको पिस वेन्कुटमा आयोजना हुन लागेको फाइनल यो कार्यक्रमले बालबालिकाहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने निर्देशक श्रेष्ठ बताउनु भयो । 

बालबालिकाहरुमा डराउने, लजाउने तथा समाजसामु  बोल्न नसक्ने जस्ता समस्याहरुपनि यस्ता कार्यक्रमहरुले समाधान गर्न मद्धत पुग्ने कार्यक्रम सञ्चालिका निशा चापागाई बताउनुभयो। पढाई लेखाईका साथै सानै उमेरदेखि बालबालिकाहरु विभिन्न इभेन्टहरुमा सहभागी हुँदा उनीहरुमा उल्लेख्य क्षेमता वृद्धि हुने उहाँको भनाई थियो ।  यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालको प्रमुख आतिथ्यता रहनेछ ।