बिहीबार किन गरिन्छ भगवान विष्णुको पुजा ?

हिन्दू धर्म अनुसार बिहीबार (बृहस्पतिवार) भगवान विष्णुको पूजा(आर्चनाको लागि विशेष मानिन्छ।

आजको दिन भगवान विष्णुको साथै गुरु (बृहस्पति) र केराको रूखको पनि पूजा गरिन्छ। भगवान विष्णुको पूजा, विशेष गरी नारायण स्वरूपमा गरिन्छ।

बिहीबारको व्रत र पूजा गर्नाले सुख, समृद्धि, ज्ञान र पारिवारिक सौहार्दता प्राप्त हुने विश्वास छ। भगवान विष्णुको पूजा विशेष मन्दिरमा गएर वा घरमा मूर्तिरतस्वीरमा पूजा गर्न सकिन्छ साथै विष्णु सहस्रनाम पाठ गर्नु आवश्यक छ।

विष्णु भगवानको पुजा गर्न, पीपलको रूखमा जल चढाउनु र केराको रूखको पूजा गर्नु, पहेंलो रंगको वस्त्र, फूल, चन्दन, बेसार र मिठाई (विशेष गरी चना र गुड) चढाएर गरिन्छ। धेरैजसो भक्तहरू बिहीबारको व्रत बस्छन् र फलाहार गर्छन्।

आजको पूजा विशेष गरी बिहानको समयमा ब्रम्ह मुर्हतमा स्नान गरेर शुद्ध मनले ॐ नमो नारायणाय मन्त्रले भगवान विष्णुको ध्यानमा १०८ जप गर्नुहोस यसले जीवनमा शान्ति, समृद्धि र आध्यात्मिक उन्नति प्रदान गर्ने विश्वास छ।

भगवान विष्णुको बिहीबारको पूजा र व्रतले मानिसको जीवनमा सकारात्मक ऊर्जा र आध्यात्मिक शान्ति प्राप्त हुने मान्यता छ।