गृहमन्त्री अर्याल पहिलो पटक संसदीय समितिमा उपस्थित
काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्याल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित भएका छन् । संसदीय समितिमा गृहमन्त्री अर्यालको यो पहिलो उपस्थिति हो ।
आजको समितिको बैठकमा २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावको तयारी र शान्ति सुरक्षाबारे छलफल गर्ने कार्यसूची छ ।





