एमालेले धुलिखेलमा शुक्रबार र जिल्लामा शनिबार जनप्रदर्शन गर्दै
बनेपा/नेकपा एमाले काभ्रेले आगामी शनिबार कार्तिक २९ गते बनेपामा बृहत्त जनप्रदर्शन गर्ने भएको छ । कार्तिक २२ गते वडा स्तरीय, २५ गते पालिका स्तरीय प्रदर्शन गरेको एमालेले २९ गते जिल्ला स्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।
नेकपा एमाले काभ्रेद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजन भुर्तेलले जनप्रदर्शन र त्यसको तयारीका बारेमा जानकारी गराएका थिए । पार्टीले घोषणा गरेका आन्दोलनका कार्यक्रम अन्र्तगत वडा देखि जिल्ला र मसिंर ६ गते राजधानीमा हुने प्रदर्शनमा समेत सहभागिताका लागि कार्यकर्ताहरुलाई अध्यक्ष भुर्तेलले अनुरोध गरेका छन् ।
बनेपाको पार्टी भेन्युमा विहान ११ बजे आयोजना हुने उक्त कार्यक्रममा पालिका स्तरका सबै अगुवा कार्यकर्ता तथा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई आब्हान गरिएको अध्यक्ष भुर्तेलले बताए । पत्रकार सम्मेलनमा उपाध्यक्ष देवसागर लामा, सचिव राजकुमार सापकोटा, उप सचिव रत्नकुश रञ्जित र प्रचार विभाग प्रमुख श्याम सापकोटा लगायतका नेताहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनलाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सम्बोधन गर्नेछन् ।
त्यस्तै पालिका स्तरको कार्यक्रम अन्र्तगत शुक्रबार धुलिखेलमा बृहत्त मोटरसाईकल ¥याली आयोजना गरिएको छ । पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा नगर स्तरका नेता तथा कार्यकर्ताहरुलाई सहभागिताका लागि आब्हान गरिएको अध्यक्ष विष्णु धितालले बताए । कार्तिक २५ गते गर्ने कार्यक्रम जिल्ला स्तरको कार्यक्रमलाई समेत ध्यान दिदै शुक्रबार आयोजना गरिएको एमाले धुलिखेल नगर कमिटीले जानकारी दिएको छ ।





