उपचारपछि कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) सिंगापुरबाट स्वदेश फर्किन लागेका छन्। उनी आज बेलुकी नेपाल आइपुग्ने भएको उनले निकट एक नेताले पुष्टि गरेका छन्।
देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवासँगै उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। जेनजी আন্দোলनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएपछि चिकित्सा परामर्शका लागि उनीहरू सिंगापुर पुगेका हुन्।
२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक रूपमा देखा परेका थिए। सोही बैठकमा सम्बोधन गर्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी समेत दिएका थिए।






