बाबुराम, जनार्दन र रास्वपा त्यागेका सन्तोष परियार एकै ठाउँमा, मंसिर ७ गते एकता घोषणा
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र शुक्रबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका सचिवालय सदस्य सन्तोष परियारबीच ५ बुँदे सहमति भएको छ।
हस्ताक्षर समारोहमा नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मालगायत सहभागी छन्।






