जेन–जी आन्दोलन पछि झन निख्खार र बलियो बन्दै एमाले: २९ गते जिल्ला जिल्लामा जागरण सभा हुने
नेकपा एमालेको ईतिहास पौराणिक मात्र छैन, यसले गर्विलो इतिहास समेत बोकेको छ । निकै लामो पार्टी राजनीतिको दौरानमा नेकपा एमाले जस्तोसुकै कठिन परिस्थितिमा पनि जिल्लामा उच्च जनमतका साथ अगाडी वढिरहेको छ, चाहे त्यो चरम अवसरवादको समयमा होस् या दक्षिणमन्थी अराजकतावादकै समय किन नहोस् । टुटफुट र चौतर्फी घेराबन्दी सहितको आक्रमणमा समेत कहिल्यै जनमतमा पछि नपरेको नेकपा एमालेको भौरवगाथा कसैले भुल्न सक्दैन ।
यस विचमा नेकपा एमालेले मुलुकको नेतृत्व मात्र गरेको छैन, धैरैवटा सरकारको नेतृत्व समेत गरिसकेको छ । केहि बेमेल र टुटफुटका बाबजुद मनमोहन अधिकारी, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट सरकारको नेतृत्व गरिसकेका छन् । २०७८ भदौमा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा केहि केन्द्रीय समिति सदस्य र झलानाथ खनाल लगायत सांसद्ले, नेकपा एकीकृत समाजवादी नामक नयाँ दल गठन गरेसँगै दल विभाजित बन्न पुगेको थियो । यो पार्टीलाई बृद्ध भत्ता लगायत बिभिन्न सामाजिक सुरक्षा भत्ता जस्ता लोकरिझाई कार्यक्रम सुरुवात गर्ने श्रेय र आरोप दिइन्छ ।
अझ पछिल्लो समय त नेकपा एमाले नेपालको सर्वाधिक लोकप्रीय पार्टी हो । उसले प्राप्त गरेको समानुपातिक मतले त्यहि भन्छ । फलेको वृक्षमै प्रहार हुने नेपाली उखान बमोजिम आजकाल एमालेमाथी निकै प्रहारहरु शुरु गर्न थालिएको छ । बिभिन्न खालका शक्तिले एमाले माथि हमला गरिरहेको देख्न सकिन्छ । एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरु र विदेशी शक्तिहरुले हमला गरिरहेको देख्न सकिन्छ ।
नेकपा बन्यो, त्यसपछि एमाले कब्जाको प्रयाश भयो । कब्जा सम्भव नदेखिएपछि पार्टी ३ टुक्रा बनाइयो । तिनीहरु र केहि नयाँधारीहरु मिलेर सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्तिहरुको नजरमा एमाले कमजोर हुँदा आपूmहरुको स्वार्थ पूरा हुने भएकोले उनीहरु हामीमाथि खनिएका हुन् । एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरु एमालेविरुद्ध खनिने गरेका छन् । एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो । त्यसैले उनीहरु एमाले विरुद्ध खनिंदै आएकाछन् । राजावादीको गालीबाट कोहि विचलित हुन अनवश्यक छैन ।
एमालेलाई कमजोर नपारेसम्म आफूहरु बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिष्ट नामका पार्टी हमलामा उत्रिएको छ । एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन् । तिनीहरु विदेशीको इशारामा चलिरहेको देख्न सकिन्छ । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरु एमाले विरुद्ध खनिएका हुन् । यस्तो बेलामा एमालेहरु आत्तिने होइन एकमना एकाताका साथ प्रतिकारमा उत्रन सक्नु पर्दछ ।
एमाले माथी हमाल गर्ने तेस्रो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरुलाई पनि देख्न सकिन्छ । पपुलिजम्का नाममा जनता अलमल्याएर उनीहरुले एमालेमाथि हमला गरिरहेका छन् । किन भने उनीको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।
बाह्य शक्ति पनि एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइमा लागेको छ । नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले ग¥यो, मुलुकमा स्थायित्वको खोजी ग¥यो । एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथे । त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको हो ।
सामाजिक सञ्जालमा राजनीतिक भनाइहरु राख्दामाथि उल्लेख गरिएका चारैवटा शक्तिहरुले आक्रमण गर्दै आएकाछन् । राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी, पारिवारिक तस्बिर मात्र हालेर बस्ने गरेको देख्न सकिन्छ । एमालेहरुले यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ब्यापक घेरबन्दी र खुइल्याउने प्रयत्नका बाबजुद् नेकपा एमालेको पार्टी सदस्यता सङ्ख्या यस पटक झन वढेको छ ।
यस विचमा नेपालको पछिल्लो राजनितिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना गरेको छ । मुलुकमा व्याप्त भष्ट्रचार, सार्वजनिक सेवा प्रवाहमा रहेको बेथिति तथा नेताहरुको कार्यशैली र जीवनशैलीप्रतिको आक्रोश जेनजेड आन्दोलनमार्फत मुखरित भयोे । आन्दोलनका क्रममा पहिलो दिन १९ जनाको मृत्यु भयो भने ४०० भन्दा बढी युवाहरु घाइते भए । स्कूल ड्रेसमा रहेका विद्यार्र्थीो हत्याले सारा नेपालीलाई भावविह्ल बनायो । त्यसैक्रममा घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीको राजीनामा आयो । तर यसले पनि नेपाली जनताको आक्रोशलाई शान्त पार्न सकेन र ठूलो विद्रोहको शुत्रपात गर्यो ।
अर्को दिन वातावरण भयाबह बन्यो । देशका विभिन्न शहरमा आन्दोलन चर्किँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर जान थाल्यो । परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीको राजीनामा आयो तर पनि आन्दोलन थामिएन । आन्दोलनमा व्यापक घुसपैठ भयो र आन्दोलनले हिंसात्मक मोड लिन सुरु ग¥यो । हेर्दा हेर्दै संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार, शीतलनिवासलगायत देशका हजारौं सरकारी तथा सार्वजनिक सम्पति, औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, विभिन्न राजनितिक दलका नेता कार्यकर्ताको घर तथा सम्पति ध्वस्त पार्ने काम गरियो । जताततै तोडफोड, आगजनी र लुटपाट मच्चाइयो । दशौ हजार कैदीलाई जेलबाट भगाइयो । नेता कार्यकर्तामाथि भौतिक आक्रमण भए । प्रहरी र सर्वसाधारण मारिए । यसरी भष्ट्रचार र बेथितिविरुद्ध सुरु भएको आन्दोलनले ३६ घण्टा बित्दा नबित्दै राज्यसत्ता कब्जा गर्नु आफँैमा एउटा अभूतपूर्व घटनाक्रम थियो तर आन्दोलनका नाममा भएको घुसपैठ र त्यसले निम्त्याएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम समेत बनायो ।
यद्यपि भदौं २४ गते राति सेना परिचालन गरेसँगै हिंसात्मक गतिविधि कम हुन थाल्यो । २५ गतेबाट आन्दोलनरत पक्ष, सेना र राष्ट्रपतिका बीचमा छलफल सुरु भयो । आन्दोलनरत पक्षको मागबमोजिम राष्ट्रपतिबाट सुशीला कार्कीलाई देशको अन्तरिम प्रधानमन्त्री घोषित गरियो र २०८२ फागुन २१ गते आम निर्वाचन गर्ने घोषणासहित संसद् विघटन गरियो ।
भएका केहि कमजोरीहरुको आत्मालोचनाको आवश्यकता छ । यस प्रकारको ऐतिहासिक घटनाक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तमा तरंग पैदा गरेको छ । नेपालका राजनीतिक दलहरुलगायत समाजका सबै अववयमा यसको प्रभाव देखा परेको छ । विशेष गरेर यो घटनाक्रमले नेकपा एमालेलाई असामान्य मोडमा खडा गरेको छ । सरकारको नेतृत्व गरिरहेको राजनितिक दल भएको कारणले गर्दा समेत जेनजेड आन्दोलन नेकपा एमाले र त्यसको नेतृत्वविरुद्ध केन्द्रित हुनपुग्यो । आन्दोलनका दौरानमा व्यक्त भएका आक्रोश र आरोप मूलतः एमाले लक्षित थियो । आखिर किन यस्तो परिस्थतिको निर्माण भयो त रु किन सबैभन्दा बढी प्रहार नेकपा एमालेलाई गरियो त रु के नेकपा एमाले र त्यसको नेतृत्वले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि लिएको कदमका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुको चलखेल प्रमुख कारण थियो त रु वा नेपाली समाजको मनोविज्ञान र जनताको चाहनालाई सही ढंगले बुझेर तद्अनुसारको व्यवहार गर्ने काममा एमाले चुक्यो भन्ने विषय एमालेका लागि आज सर्वाधिक महत्वको विषय बन्न पुगेको छ । हो, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने कामको अगुवाई गर्दा विदेशी शक्तिहरु एमालेका विरुद्ध लागेका थिए । जेन–जेड आन्दोलनमा तीशक्तिहरु सक्रिय पनि भए । तर विदेशी शक्तिकै कारणले मात्रै नेकपा एमालेविरुद्ध यति धेरै आक्रोश र प्रहार भएको भने होइन । होला बाहिरी कारणले पनि यो परिस्थतिको सृजना गर्न मद्दत ग¥यो होला तर त्योभन्दा बढी हाम्रो आफ्नै आन्तरिक कारण रहन गयो । त्यसैले आज नेपालका राजनीतिक दलले गरेका गल्ती र कमजोरीको समेत निर्मम समीक्षा गरी त्यसलाई आत्मसात् गर्नु अपरिहार्य छ ।
भ्रष्टाचार नियन्त्रणमा अपेक्षाकृत सफलता प्राप्त हुन नसकेको कुरामा केहि सत्यता छ । विशेष गरेर मुलुकमा व्याप्त भ्रष्टाचारले नेपाली जनता लामो समयदेखि आक्रान्त थिए । नियमित जसो आउने नीतिगत तथा सानातिना भ्रष्टाचारका समाचारले नेपाली जनतामा ठूलो आक्रोश पैदा भइरहेको थियो । समाजमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्ने, भ्रष्टाचारका आरोपीहरुलाई निष्पक्ष ढंगले अनुसन्धान गरी कानुनको दायरामा ल्याउने र सुशासनको प्रत्याभूति दिने काममा सरकारको कमजोरी रह्यो । कतिपय अवस्थामा एमाले नै भ्रष्टाचारको संरक्षक हो कि भन्ने भाव नेपाली जनतामा पर्न गयो । अपारदर्शीढंगले भएका कतिपय नियुक्ति र त्यसमा बिचौलियको चलखेलका समाचारले समेत जनतामा आक्रोश पैदा गर्यो ।
सार्वजनिक सेवा प्रवाहमा केहि बेथिति देखिएको छ । अर्कोतर्फ सार्वजनिक सेवा प्रवाहमा कुनै प्रकारको परिर्वतन आउन सकेन । एकजना सेवाग्राही सेवा लिन जाँदा उसले बेहोर्नुपर्ने झन्झट, सास्ती र दुव्र्यवहारले उसमा राजनितिक दल र नेतृत्वविरुद्ध आक्रोश सिर्जना गर्यो । कार्यालयमा जाँदा कर्मचारीले गर्ने व्यवहारले आफूलाई अपमानित भएको महशुश गर्दै फेरि कहिल्यै जान नपरे हुन्थ्यो भने मनोभाव जाग्न थाल्यो । सेवा लिनका लागिसमेत घुस बुझाउनु पर्दा जनतामा व्यापक निराशा र आक्रोश पैदा भयो ।
बेरोजगारी र युवा पलायन समस्या बनिरहेको छ । यस्तैगरी राष्ट्रिय पुँजीको विकास गर्दै प्रयाप्त रोजगारीका अवसर सिर्जना गर्ने काम हुन नसक्दा लाखौं युवाहरु विदेशिन बाध्य भए । नेपालमा बेरोजगारको संख्या बढ्दै जाँदा र प्रयाप्त अवसरको अभाव हुँदा युवाहरुमा निराशा छायो । युवा पुस्ताको मनोविज्ञान के छ र उसले के चाहन्छ भन्ने कुराको यकिन गरी तद्अनुसारको व्यवहार गर्ने काममा कमजोरी रह्यो ।
नोकरशाही कार्यशैली र सामन्ती जीवनशैली आजको समस्याको विषय हो । अकर्नेतर्फ जनताले मन पराएका व्यक्तिहरुसंग पैठेजोरी खेल्ने र तिनीहरुका विरुद्ध तथानाम बोल्दा एमालेको नेतृत्वप्रति वितृष्णा पैदा हुन थाल्यो । त्यस्तैगरी पार्टीका नेता तथा कार्यकर्ताको नोकरशाही कार्यशैली र सामन्ती जीवनशैलीले पनि जनतामा व्यापक निराशा पैदा ग¥यो । जनतासंगको सम्बन्ध र व्यवहारमा कमजोरी भयो । जनताको सुखदुखको साथी बन्नेभन्दा पनि भड्किलो जीवनशैली अपनाउने काम हुन थाल्यो । अर्कोतर्फ पुराना राजनितिक दलहरुमा लामो समयदेखि एउटै व्यक्ति नेतृत्वमा रहिरहने प्रवृत्तिले जनता आक्रोशित भए । २०४६ देखि अहिलेसम्म एउटै व्यक्तिले पटकपटक पद र अवसर प्राप्त गर्ने तर अपेक्षा गरेजस्तो परिवर्तनको महशुश जनताले गर्न नपाउँदा नेतृत्वप्रति वितृष्णा पैदा भयो । अन्तत यी सबै कारणले जेनजेड आन्दोलनको पृष्ठभूमि निर्माण भयो ।
त्यसो भनिरहँदा भएका राम्रा काम र त्यसको आत्मसाथको पनि आवश्यक छ । के नेकपा एमालेले नेपाली समाजको अग्रगामी परिवर्तनका लागि कुनै योगदान गरेको थिएन त ? त्यो कदापि होइन किनभने नेपालको लोकतान्त्रिक आन्दोलनमा नेकपा एमालेले निर्वाह गरेको भूमिका कसैले चाहेर पनि नजरअन्दाज गर्न सक्नेछैन । समाजको प्रगतिशिल रुपान्तरणका लागि भएका विभिन्न आन्दोलनमा नेकपा एमालेको निर्णायक भूमिका थियो । विदेशी हस्तक्षेप र घरेलु प्रतिक्रियावादी शक्तिलाई निस्तेज पार्दै संविधानसभाबाट संविधान निर्माण गर्ने काममा एमालेको नेतृत्वदायी भूमिका थियो । अर्कोतर्फ सदियौँदेखि मिलेर बस्दै आएको नेपाली समाजमा जातीय द्वन्द्व सिर्जना गरी मुलुकलाई विखण्डनको बाटोमा लैजान भएका षडयन्त्रहरुको बहादुरीपूर्वक सामना गर्दै त्यसलाई निस्तेज पार्ने कामको अगुवाई एमालेले गरेको थियो ।
नाकाबन्दीको सामना गर्ने तथा पारवाहन सन्धीमार्फत भूपेरिष्ठत मुलुकबाट नेपाललाई भुजडित राष्ट्र बनाउने कामको नेतृत्वसमेत एमालेले गरेको थियो । लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्शा प्रकाशन गर्ने तथा विदेशी हस्तक्षेपको खुलेर विरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने कामको अगुवाईसमेत एमालेले गर्दै आएको थियो । दशकौंदेखि मूर्छित अवस्थामा रहेको नेपाली जनताको विकास र समृद्धिको चाहनालाई मुखरित गर्ने कामको अगुवाई एमालेले गरेको थियो । सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने अभियान अन्तर्गत सयौं गौरवका आयोजनाहरु र हजारौं महत्वपूर्ण योजनाहरु तीव्र गतिमा अगाडि बढाउने काम पनि एमालेको अगुवाईमा भइरहेको थियो ।
यसको बाबजुद एमालेको विरुद्धमा बिभिन्न बिरोध र घेराबन्दीहरु भैरहेको छ । नेकपा कालमा एमाले अध्यक्ष केपी ओलीको बिरुद्ध शसक्त लागेका प्रचण्डन, माधव, झलनाथ, बामदेव, भिम रावल लगायतका मानिसहरु एकत्रित हुन पुगेका छन् । जनमत एकातिर र नेतृत्व अर्कोतिर भएको एकताको खासै काम छैन । कुण्ठा कुण्ठाको एकताले बलियो हुने भनेको केवल कुण्ठाामत्र हो । आज त्यहि भैरहेको छ । एमालेमा दोस्रो÷तेस्रो बरियात नपचेका भिम रावल प्रचण्डको छैठौंमा पुग्न वाध्य भएका छन् । केहि समय बरालिएका पार्टी नेताहरु निशर्त घर फर्कन थालेकाछन् । यसबाट के बुझिन्छ भने पार्टी बलियो बनाउँन कुण्ठाहरुको जोड गर्ने हैन, त्यसको घटाउ गर्ने र पार्टीप्रतिको समर्पण र बफादारितामा जोड गर्नु दिनु पर्छ । यसबाट मात्र नेकपा एमले थप बलियो, शसक्त र प्रभावकारी बन्न सक्छ । मंसिर २९ गते जिल्ला जिल्लामा हुने एमालेको जागरण सभाहरु त्यसतर्फ उन्मुख हुन सक्नु पर्छ, सकोस्, शुभकामना !






