श्राद्धको भोजमा विवाद मिलाउन गएका वडाध्यक्षको गोली हानी हत्या

धनुषामा प्रहरीले नै गोलीहानी वडाध्यक्षको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् ।

उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए ।

धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटना सम्बन्धमा पूर्ण विवरण नआएको बताए । तर, एक जना वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको उनले बताए ।

घाइतेको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।