एमालेको बटम लाईन नै संसद पुर्नस्थापना – गोकुल बास्कोटा
बनेपा/ नेकपा एमाले जिल्ला कमिटी काभ्रेको आयोजनामा जन प्रर्दशन तथा सभा गरेको छ ।
पोलिटब्युरो सदस्य तथा काभ्रे ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष राजन भुर्तेलको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी बास्कोटाले एमालेको बटम लाईन भनेकै संसद पुर्नस्थापना रहेको बताए ।
बास्कोटाले भने एमालेले संसद पुर्नस्थापनाको माग गर्दै वडा, पालिका र जिल्ला स्तरीय भेला गरेको बताए । बास्कोटाले एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै आएको बताए । बास्कोटाले पाटीको महाधिबेशन नियमित प्रक्रिया भएकाले आफु के हुन्छु भन्दा पनि पाटी बलियो बनाउन सबै एक हुनु पर्ने बास्कोटाले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य रेशम लामाले सीमा सम्बन्धी विवाद, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय कूटनीतिका संवेदनशील मुद्दामा ओलीले सधैँ राष्ट्रिय हित सर्वोपरि राख्ने नीति अपनाउँदै आएको बताए ।
एमालेले लामो समयदेखि नेपाली राजनीति र विकास प्रक्रियामा स्थिरता कायम गर्दै आएको छ लामाले भने, ‘पार्टीको संगठनात्मक क्षमता, नीति कार्यान्वयन र अनुशासनले यसलाई केवल राजनीतिक संस्था नभई राष्ट्रिय नीतिनिर्माणमा प्रभावशाली शक्तिको रूपमा प्रस्तुत गरेको छ । ओलीको नेतृत्वमा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय दृष्टिकोणले आधुनिक पूर्वाधार, स्वावलम्बी अर्थतन्त्र र राष्ट्रिय एकताको भावना मजबुत बनाएको लामाले बताए ।
कार्यक्रममा केन्द्रिय कमिटी सदस्य नविना लामा, बागमती प्रदेश कमिटी सचिब भक्तकुमारी लामा जिल्ला उपाध्यक्ष देबसागर लामाले मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिब राजकुमार सापकोटाले गरेका थिए । कार्यक्रममा पाटीका विभिन्न तहका नेता कार्यकर्ताहरुको उल्लेख्यीनीय उपस्थिती रहेको थियो ।






