शिक्षकहरुलाई आई सी. टी तालिम
नाला / बनेपा नगर भित्रका सामुदायीक विद्यालयका शिक्षकहरुलाई आई सी टी तालिम प्रदान गरिएको छ ।
रोटरी ई– क्लव अफ नमोबुद्ध बागमती तथा रोटरी क्लब अफ काठमाण्डौको संयुक्त आयोजना, बनेपा नगरपालिकाको सहकार्य तथा रोटरी डिस्ट्रिक्ट ३२५२ Basic Education and Literacy Committee को सहयोगमा उक्त तालिम चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
तालिम समापनको सभापतित्व रोटरी ई– क्लव अफ नमोबुद्ध बागमती अध्यक्ष शोभा थापा नकर्मीले गरेकी थिईन भने प्रमुख अतिथी बनेपा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष श्याम श्रेष्ठले गरेका थिए । श्रेष्ठले चण्डेश्वरी सृष्टिकान्त विद्यायालय नगरकै नमुना रहेको र अन्तराष्ट्रिय आई एस ओ प्राप्त विद्यालय रहेको बताए । विद्यालयमा १ हजार ५० जना विद्यार्थिहरुले अध्ययन गरिरहेको श्रेष्ठले बताए ।
कार्यक्रममा नमोबुद्ध ई–क्लवका तिर्थराज दाहाल, काठमाडौ क्लबका उपाध्यक्ष प्रजुन खड्का चण्डेश्वरी सृष्टिकान्त विद्यालयका सहायक प्रधानाध्यापक कृष्णगोपाल श्रेष्ठ, मदानीविट तथा चेष्टा साप्ताहिक सह–सम्पादक लक्ष्मण तिमल्सिना, रोटरी ई– क्लव अफ नमोबुद्ध बागमतीकी सचिब टासी डोल्मा लामा लगाएतको सहभागिता रहेको थियो । तालिममा १६ वटा विद्यालयका २० जना शिक्षकहरुले तालिम लिएका थिए । तालिम प्रशिक्षक इश्वरी प्र. न्यौपानेले प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन रोटरी ई– क्लव अफ नमोबुद्ध बागमतीकी निर्वतमान अध्यक्ष गंगा लुईटेलले गरेकी थिईन् ।






