पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा  पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।