आज धेरैजसो ठाउँमा मौसम सफा रहने

by | कार्तिक ३०, २०८२

आज धेरैजसो ठाउँमा मौसम सफा रहने

काठमाडौं / देशका अधिकांश भूभागमा आज सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

यद्यपि, दिउँसोको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली (थोरै बादल) देखिने सम्भावना छ ।

ती क्षेत्रबाहेक देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने र घाम लाग्ने पूर्वानुमान छ ।