७ सय ५० लिटर दैनिक दुध संकलन गरी प्रारम्भ भएको मदानी डेरीले हाल ४२ वटा संकलन केन्द्र मार्फत दैनिक ८ हजार लिटर दुध संकलन गरिरहेको छ । आगामी पाँच वर्षमा दैनिक ४० हजार लिटर दुध संकलन गर्ने महत्वकाँक्षी योजना समेत अघि सारेको छ । कृषकहरुलाई ब्यवसायीकरण, न्यून लागतमा धेरै उत्पादन लगायतका विविध योजनाका साथ मदानी डेरीले कृषि क्षेत्रमा पशुपालनबाट आर्थिक समृद्धी सम्भव छ भन्ने प्रमाणीत गर्ने गरी कार्य गरेको अध्यक्ष माधव दाहालले बताए । ८५ जना शेयर सदस्यहरुको लगानीमा संचालन भएको मदानी डेरीले तेश्रो वर्षमा प्रवेश गरिरहँदा आर्थिक वर्ष २०८१÷२०८२ को अन्त्यसम्ममा २५ करोड ९९ लाख ५५ हजार ४४ रुपैयाका दुध र दुग्धजन्य पदार्थ विक्री गरेको छ । आयकर २१ लाख ५० हजार बुझाएको छ । २०८०÷२०८१ मा मरेका पशुहरुका लागि पशु मृत्यु राहत कोष मार्फत ६ लाख ५० हजार भुक्तानी गरिएको छ । विमा गरिएका पशुहरुका हकमा कृषकहरुलाई थप राहत हुने गरी कम्पनीले भैसीका लागि ५० हजार र गाईका लागि ३० हजार रकम उपलब्ध गराउँदै आएको छ । १७ जना कृषकले उक्त राहत प्राप्त गरेका छन् ।
‘देशभर सरकारी दुग्ध विकास संस्थानले कृषकहरुको दुध खरिद गरेको रकम भुत्तानी गर्न सकिरहेको थिएन । मिल्क होलिडे शुरु भएको थियो । त्यो अवस्थामा कृषकहरुको एक दिन पनि मिल्क होलिडे नगरी समयमा नै रकम भुक्तानी गर्न सक्षम भयौं’–अध्यक्ष माधव दाहालले भने–‘कृषकहरुसँग गरिएका केहि वाचा पुरा भएका छैनन । क्रमशः पुरा हुने अवस्थामा छन् । पहिले तोकिएको मुल्यमा केहि कमी हुन गएको छ । क्रमशः बजारको सुदृढीकरणसँगै कृषकहरुलाई उचित मुल्य, कम लागत र धेरै उत्पादनका लागि योजना निर्माण गरेका छौं ।’ ‘किसानले उत्पादन गरेको दूधलाई उचित मुल्यमा संकलन गर्ने, गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन र बजार विस्तार गर्ने कार्यमा प्रगति भएको छ’–अध्यक्ष दाहालले भने–‘यो सफलता केवल ब्यवस्थापन वा प्रविधिका कारण मात्रै नभई स्थानीय सरकारको पूर्ण सहयोग, कृषकहरुको समर्पण र विश्वास, कर्मचारीहरुको मेहनत र शेयरधनीहरुको धैर्यता सहितको विश्वास हो ।’
‘खेतिपाती भन्दा पशुपालन गरी दुध उत्पादन मार्फत जीविकोपार्जन गरिरहेका स्थानीय कृषकहरुका लागि भौगोलिक विकटताका कारण नियमित दुध संकलन तथा विक्री वितरण हुन सकेको थिएन । यातायात अवरुद्ध हुँदा बोकेर बजारसम्म दुध र दुग्धजन्य पदार्थ लैजान कठिन थियो’–कृषक रमण बञ्जाराले भने–‘ढिलो बजार पु¥याउँदा गुणस्तर खस्कने र बजारसम्म सहजै पु¥याउन नसक्दा कृषकहरु पीडामा थिए । लागत समेत उठ्दैन थियो । कृषकहरु पेशाबाट पलायन हुन बाध्य थिए । बैकल्पिक पेशा ब्यवसायका लागि विदेशिनु पर्ने अर्थात थातथलो छाड्नु पर्ने बाध्यतामा थिए ।’ ऋणको बोझमा परेका, पेशाबाट पलायन हुन थालेका र पशुपालनबाट भविश्य नदेखेका स्थानीयहरु मदानी डेरीको संस्थागत शुरुवातीले खुशी भएको उनले बताए । तेश्रो बार्षिक साधारण सभाका अवसरमा डेरीले उत्कृष्ट र धेरै दुध संकलन गरी विक्री गर्ने कृषकहरुलाई सम्मान गरेको थियो । कोभिड १९ को महामारी, त्यस पछिका निरन्तरका आर्थिक मन्दी लगायतका विपदका कारण दुध क्षेत्रका कृषकहरु र लगानीकर्ताहरु समेत संकटमा परेका थिए । स्थानीय र अन्य गरी कम्पनीले प्रत्यक्ष रुपमा ३८ जनालाई रोजगार प्रदान गरेको छ ।
संचालक सदस्य रामहरी बजगाईले कृषकहरुलाई क्रमशः ब्यवसायीकता तर्फ लगिएको बताए । आयआर्जन बृद्धी गर्न भएका पशुहरुलाई ब्यवसायीकता तर्फ उन्मुख गराउने गरी घाँस खेती, तालिम तथा कम लागतमा धेरै उत्पादन, पशुहरुलाई गुणस्तरीय खाना र उत्पादन, बजार मुल्य अनुसार समायोजन, नियमित भुक्तानी, पशु विमा तथा राहत लगायतका कार्यहरु मार्फत दैनिक दुध उत्पादनलाई बढाउने र कम्पनीले प्राप्त गरेको दुध र दुग्धजन्य पदार्थलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने कार्यको थालनी भएको बताए । ‘रावजधानी र आसपासका जिल्लाहरुमा बाहेक अहिले विराटनगर, पोखरा र बुटवलका प्रमुख शहरमा मदानी डेरीका उत्पादन पुगेका छन् । यो क्षेत्र विस्तार गर्दै आयातित दुग्धजन्य पदार्थलाई कम गराउने र विदेशमा निर्यात गर्न सक्ने गरी गुणस्तरीयता कायम गर्ने योजनामा छौंं’–संचालक सदस्य रामहरी बजगाईले भने–‘राजधानी डेरी लगायतका कम्पनीसँगको सहकार्य तथा स्वीस प्रतिनिधिलाई नेपालमा नै झिकाएर उत्पादन गरिरहेको चीजका परिकार र अन्य उत्पादनलाई झनै गुणस्तरीय बनाउने गरी सक्रिय भएका छौं ।’ कृषकहरुलाई घाँस धेरै हुने समयमा त्यसलाई काटेर भण्डारण गर्ने प्रविधि र ब्यवस्थापनमा पनि मदानी डेरीले कार्य प्रारम्भ गरेको उनले बताए ।