सामुदायिक साकोसको ३१ औं वार्षिक साधारण सभा, नाफा ४ करोड ३ लाख

पनौती/ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., पनौतीको ३१ औं वार्षिक साधारण सभा कात्तिक २८ र २९ गते एकाइगत रुपमा सातवटा एकाइमा सम्पन्न भएको छ ।

सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम साधारण सभाको पहिलो दिन बनेपा एकाइ, काठमाण्डौ एकाइ, पाँचखाल एकाइ र भकुण्डे एकाइमा र दोस्रो दिन पनौती एकाइ, कुशादेवी एकाइ र ढुंखर्क एकाइ गरी सात वटा एकाइमा ६५.८३ प्रतिशत सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको प्रमुख कार्याकारी अधिकृत मदन बस्नेतले जानकारी दिए ।

काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौ, मकानपुर र सिन्धुली गरी ६ जिल्ला कार्यक्षेत्र रहेको संस्थाको आर्थिक वर्ष २०८१/०८२ को अन्तसम्ममा कुल ६० हजार ८ सय ६६ जना शेयर सदस्य, कुल पुूजी रु. ५ अर्व ९८ करोड ३० लाख ९३ हजार जगेडा कोष रु. ४६ करोड ५५ लाख ८३ हजार शेयर पूँजी रु. ४९ करोड ३८ लाख ०८ हजार बचत संकलन रु. ४ अर्व २७ करोड ९८ लाख ७४ हजार, लगानीमा रहेको ऋण रु. ४ अर्व ३६ करोड ३० लाख ८ हजार खुद नाफा रु. ४ करोड ३ लाख १२ हजार रहेको जनाएको छ । संस्थाको आ.व. २०८१।०८२ को प्रति शेयर आम्दानी रु. ७.९२ रहेको छ ।