एमालेमा प्रर्दशन र प्रतिनिधि सँग–सँगै
बनेपा/ नेकपा एमालेले देशभर प्रतिगामी षढयन्त्र विरुद्ध प्रर्दशन गरेको छ । घोषित कार्यक्रम अनुसार कार्तिक २२ गते शनिबार वडा स्तरमा, २५ गते पालिका स्तरमा, २९ गते जिल्ला स्तरमा र मसिंर ६ गते राजधानीमा प्रर्दशनको तालिका सार्वजनिक गरेको थियो ।
प्रतिगामी षडयन्त्र – मुर्दावाद । विघटित प्रतिनिधिसभा – पुनस्र्थापना गर । भदौ २३ र २४ को अपराधिक घटनाको – निस्पक्ष छानविन गर । तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई – कारबाही गर । हत्या, हिंसा, आतंक – बन्द गर । भन्ने नारा सहित नेता तथा कार्यकर्ताहरुले प्रर्दशन गरेका थिए । साथै एमालेले पार्टीको ११ औ महाधिबेशनका लागि सहभागि हुन तोकिएको मापदण्ड अनुसार प्रतिनिधि छनौट गर्ने जनाएको छ । एघारौँ महाधिवेशन काठमाडौँमा ऐतिहासिक जनसभाका साथ मंसिर २७–२९ मा आयोजना गर्ने एमालेको निर्णय छ । महाधिवेशनमा करिब २१ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ । मंसिर १३ गते देशभरका सबै स्थानमा एकै पटक प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र र उत्पिडित दलित समुदायको अलग्गै क्लस्टर निर्माण गरिएको छ । प्रतिनिधि चयनको अनुपात १२ सय पार्टी सदस्यवाट ४ जना प्रतिनिधि चयन गरिनेछ । जसमा १ जना महिला, १ जना ४० वर्षमुनिको युवा र २ जना खुला प्रतिनिधि रहनेछन् । प्रत्येक थप ८ सय सदस्यमा १ जना प्रतिनिधि थपिनेछ । पहिलो प्रतिनिधि महिला हुने र चौथोमा पुनः महिला समावेश गरिनेछ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लाहरूमा जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ ।
दलित समुदायको निर्वाचन इकाई जिल्ला रहने छ । प्रत्येक ५ सयमा एकजना प्रतिनिधि हुने ब्यवस्था छ । ट्रेड युनियनको हकमा भूगोलको प्रदेशवाट २ महिला सहित ७ जना, केन्द्रीय सल्लाहकार परिषद्बाट २५ जना निर्वाचित हुने ब्यवस्था गरिएको छ । प्रत्येक प्रदेश कमिटीबाट ५ जना जसमध्ये २ जना महिला अनिवार्य, पार्टी–सम्बद्ध जनसंगठनहरूबाट ५ जना जसमध्ये २ जना महिला अनिवार्य, महासंघीय ढाँचाका संगठनहरूबाट २ महिला सहित ७ जना, प्रवासको हकमा भारत प्रवास र महादेश कमिटीवाट २ महिला सहित ५ जना, विभाग र केन्द्रीय कार्यालयबाट एक–एक जना, केन्द्रीय कमिटीबाट मनोनित प्रतिनिधिको संख्या कुल प्रतिनिधिको ५ प्रतिशत रहनेछ ।
काभ्रेमा १५ हजार १ सय ११ संगठित सदस्य मध्ये प्रतिनिधि सभा निर्वाचनन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना संगठित सदस्य छन् । उत्पिडित दलितका हकमा करिव एक हजार सदस्य छन् ।





