शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध
काठमाडौं /नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी भएको छ। नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।
उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको बताउँदै तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि प्रहरीलाई अनुरोध गरेकी छन्। उनले सुर्खेतको शान्ताको अचार आउटलेट्मा अज्ञात समूहले आगो लाइदिएको बताएकी छन्।
‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ,ु सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ुनेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’
केही दिन पहिले उद्घाटन भएको सुर्खेत वीरेन्द्रनगरस्थित यस आउटलेटमा आज बिहान ३ बजे आगलागी भएको हो। क्षतिको विवरण भने आइसकेको छैन।






