एमाले चुनावबाट नभाग्ने ओलीको प्रष्टीकरण
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने प्रष्ट पारेका छ्न् ।
गुण्डुमा प्रेस चौतारीका नेताहरूसँगको छलफलमा उनले अहिले देशलाई शान्ति सुरक्षा चाहिएको बताए ।
ओलीले भने, ‘कतिपय साथीहरूले चुनावका लागि भाग्ने हैन नेकपा एमाले भनेको सुनिन्छ यो भनिरहनुपर्छ र ? देशको सबभन्दा ठुलो सबभन्दा मजबुत पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौ भनेर लुते कुरा गरिरहनुपर्छ र ? चुनाव भए हामी चुनाव गराउन चाहन्छौँ । तर, यत्रो हतियार बाहिर, यत्रा अपराधी बाहिर । यस्तो असंवैधानिक सरकारसँग चुनाव गराउने के को हक छ ? सबैका लागि देशका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुन:स्थापना हुनुपर्छ ।’
उनले थपे, ‘समृद्धिका कुरा पछि गरौँला । अहिले यो देशलाई शान्ति सुरक्षा चाहिएको छ । खै विधिको शासन ?’ ओलीले एमालेले कोही कसैसँग नभाग्ने/नडराउने भन्दै महाधिवेशन पनि गर्ने र जनप्रदर्शन पनि गर्ने बताएका छन् ।






