दुमो बचतमा जिवन भए अध्यक्ष
नाला/दुमो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ साधारण सभा एवं ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट जिवन मंग्रातिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको छ ।
समितिमा उपाध्यक्ष कृष्णमाँया मिजार, सचिव कुमार रम्तेल, कोषाध्यक्ष केशब बोगटी रहेका छन् भने सदस्यहरूमा मिलन परियार, विकाश रम्तेल र निरमाया खड्का निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामकृष्ण परियार, सदस्यहरुमा शिवहरि मिजार र कृष्णबहादुर बोगटी निर्वाचित भएका छन् । क्षेत्रगत रूपमा १२ स्थानमा इकाई भेला गरी सम्पन्न भएको साधारण सभा कार्तिक २६ गते शुरु भई २८ गते सम्पन्न भएको थियो । अध्यक्ष विकाश रम्तेल र कोषाध्यक्ष जिबन मग्रातिले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्वतले पास भएको थियो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक रामकृष्ण परियारले प्रस्तुत गरेका थिए ।
संस्थाको शेयर पुँजी १ करोड ५६ लाख सात हजार ६ सय, निक्षेप ९ करोड ६४ लाख ३८ हजार ९ सय ५९ रुपैया र ऋण लगानी ८ करोड ९१ लाख ६५ हजार ३ सय ९ रुपैया रहेको छ । २ हजार ८ सय ४५ जना शेयर सदस्य रहेको संस्थाको कार्यक्षेत्र बनेपा नगर पालिका र धुलिखेल नगरपालिका रहेको छ । अध्यक्ष जिवन मंग्रातिले संस्थाको शेयर पुँजी बृद्धी गर्ने तथा कार्यक्षेत्र विस्तार गरी शेयर सदस्यहरुलाई थप सुविधा दिने प्रतिवद्धता ब्यक्त गरे ।





