जान मन लाग्नेहरुले पार्टी छोडे हुन्छ भन्ने अभिव्यक्ति दिने लामिछानेलाई रास्वपाले सोध्यो स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

रास्वपा परित्याग गर्ने नेताहरूप्रति लामिछानेले गरेको टिप्पणीप्रति चासो राख्दै रास्वपाले स्पष्टीकरण सोधेको हो ।

बागमती सभापति लामिछानेले रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी परित्याग गरेकोमा प्रतिक्रिया दिने क्रममा जान मन लाग्नेहरु रास्वपा छोडे हुने बताएका थिए ।

लामिछानेको भनाइ अमर्यादित रहेको ठहर गर्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोधेको शीर्ष तहका एक नेताले जानकारी गराए ।