श्री जन–जागृति तरकारी तथा फलफूल सहकारीको २६ औं साधारणसभा
श्री जन–जागृति तरकारी तथा फलफूल सहकारी संस्था लि। धुलिखेल-३ को २६ औ साधारणसभा संस्थाका अध्यक्ष पृथ्वीमान तामाङको सभापतित्वमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्था लिका सचिव नानिराम धितालले प्रगति तथा भाबी कार्ययोजना, कोषाध्यक्ष प्रेमकृष्ण सुवालले आ.व. ०८१/०८२ को लेखापरिक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा–सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य केशव प्रसाद बडालले प्रस्तुत गरे । २ हजार ९६५ शेयर सदस्य रहेको संस्थाको शेयर पुजी २ करोड ३ लाख ५३ हजार ६००, जगेडा कोष १ करोड ७६ लाख ९८ हजार ५८६, वासलात २३ करोड १९ लाख ६४ हजार ४९६ रहेको संस्थाका प्रबन्धक श्याम कुमार रानाले जानकारी दिए।
कार्यक्रममा सस्थाका शेयर सदस्यहरुलाई संस्थाले ११.५ प्रतिशतले लाभांश दिने भएको बताईएको छ । २६ औ साधारणसभाबाट नमराज पराजुलीको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन भएको छ । जसमा नानीराम धिताल उपाध्यक्ष, प्रेम कृष्ण सुवाल सचिब, बिमला रानाभाट कोषाअध्यक्ष र सदस्यहरुमा चिनिमाया तामाङ, बिस्नुहरि पौडेल, बिनोद केसी, लव प्रसाद कुइकेल र गिता लामा एबम लेखासुपरिबेक्षन समितिको संयोजकमा पृथ्वीमान तामाङ र सदस्यहरुमा केशव प्रसाद बडाल र गङगा सिग्देल निर्बिरोध निर्बाचित भएका छन । कार्यक्रम सन्चालन सचिब नानिराम धितालले सन्चालन गरेका थिए ।






