धुलिखेल अस्पतालमा एन्डोस्कोपी र अल्ट्राउन्डमा नविनतम र उन्नत विधीको प्रयोगात्मक अभ्यास सम्वन्धी कार्यशाला

धुलिखेल/ग्यास्ट्रो फाउण्डेशन जर्मनीको सहकार्य र एन्डोस्कोपी तालिम केन्द्र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा एन्डोस्कोपी र अल्ट्रासाउन्डमा नविनतम र उन्नत विधिको एन्डोस्कोपी र अल्ट्रासाउण्ड सम्वन्धी ब्यावहारिक कार्यशाला गोष्ठी धुलिखेल अस्पतालमा सम्पन्न भएको छ । गोष्ठी दुई दिन संचालन भएको थियो । यो १२ औ कार्यशाला गोष्ठी हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुद्वारा चिकित्सीय इयुएस र जिआई हस्तक्षेपका सन्दर्भमा प्रत्यक्ष प्रर्दशन गरिएको उक्त गोष्ठीमा ब्यवहारिक उपचारात्मक एन्डोस्कोपी र अल्ट्रासाउन्ड/इयुएस अभ्यास गराईएको थियो । कार्यशाला धुलिखेल अस्पतालको मूल आदर्श वाक्यसँग मेल खाने प्रा.डा.राम गुरुङले बताए । ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य सेवामा सामाजिक समानताप्रति हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई जोड दिँदै २०१३ मा पहिलो पटक शुरु भएको एन्डोस्कोपी सेवा र शिक्षा बढाउन समर्पित रहेको डा.गुरुङ्गले बताए । डा.गुरुङले कार्यशाला गोष्ठी सम्पन्न गर्न र गोष्ठीमा सहभागि ग्यास्ट्रोफाउन्डेसन जर्मनी, ओलम्पस सिंगापुर, लाइफलाइन काठमाडौँ र ह्याम्बर्ग, इआरविई सिंगापुर र टुबिंगेनलाई विशेष धन्यवाद ब्यक्त गरेका छन् । समुदायमा स्वास्थ्य सेवा सुधार गर्न निरन्तर साझेदारी र प्रतिबद्धताको लागि धन्यवाद डा.गुरुङले धन्यवाद ब्यक्त गरेका छन् । कार्यशाला गोष्ठीमा ७ वटा सत्र संचालन भएका थिए । 

एन्डोस्कोपिक प्रकृयाका सन्दर्भमा डा.निरज जोशी, डा.विनोद कार्की, डा.सुरेश थापा, डा.सन्दीप कुँवर र डा.आध्या कार्की सहभागि थिए । सहजीकरण थोरापिस्ट प्रा.डा.आन्द्रे इग्नी र प्रा.डा.उमिद श्रेष्ठले गरेका थिए । दोश्रो चरणमा डा.विवके र डा.दिवस खड्काले गरेका थिए । त्यस्तै प्रा.डा.दिनेश श्रेष्ठ, प्रा.विक्रम प्रधान र प्रा.खुसराज देवान, डा.पासन्द शर्मा थिए । पित्ति नलीको कठिन पत्थरीको आधुनिक उपचारका बारेमा डा.उटे फाईफर, प्यान्क्रियाटिक तरल पदार्थ संकलनको ब्यवस्थापनको उत्तम तरिकाका बारेमा डा.मुकेश रञ्जन, विफलता पछिको अर्काे चरणका बारेमा प्रो.डा.ए.एस.इम्नीले प्रस्तुती राखेका थिए ।

अर्काे डा. सञ्जित कार्कीको अध्यक्षतामा डा.अनुराग झा, डा.राजेश पाण्डे सहभागि थिए । इन्डोस्कोपीको उपचारमा नेपालमा भईरहेको अभ्यास र अनुभवका सन्र्दभमा डा.विवेक पुर्वे, ग्यास्ट्रोएन्टेरोलोजिस्टका लागि बाहिरबाट अल्ट्रासाउन्डका सन्दर्भमा डा.डब्लु ब्ल्यांक, माथिल्लो ग्लु ट्रयाकमा शल्यक्रिय पछिको चुहावटको ब्यवस्थापनका सन्र्दभमा प्राध्यापक डा.मार्कसले प्रस्तुती गरेका थिए । त्यसैगरी अर्काे सत्रमा डा.नन्दु पौडेलले अध्यक्षता गरेको थिए । जसमा डा.अखिलेश कश्यप, डा.अजित खनाल सहभागि थिए । एउटै विरामीमा इआरसिपी जटिलताको अवस्थाकाका बारेमा डा.मोहन खड्काले प्रस्तुती गरेका थिए भने युवा बयस्क अवस्थामा पिएससीका बारेमा डा.प्रकाश सापकोटाले प्रस्तुती दिएका थिए । चक्रिय उल्टी सिन्ड्रोमका बारेमा डा.प्रकाश ओझाले प्रस्तुती गरेका थिए ।