एनपीएलः जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५४ रन बनाए।

त्यस्तै, जनकपुरका लागि मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले सात, जान निकोल लफ्टी–इटोन र सञ्जय कृषिमूर्तीले दुई–दुई विकेट लिए।

काठमाडौंका लागि मिलिन्द कुमारले तीन, करण केसी, शहाब आलम र सन्तोष यादवले एक-एक विकेट लिए।