बेलर किड्स क्यासलमा अभिभाक र बालबालिकाले गरे खेल प्रर्दशन
बनेपा/बेलर किड्स क्यासलमा प्ले ग्रुप देखी युकेजीसम्मका बालबालिकाहरु र अभिभावकले विविध खेल प्रदर्शन गरेका छन् ।
अभिभावकहरुले आफ्नै घरमा तयार पारेका परिकारहरू साझा गरी अन्तरक्रिया गरिएको थियो भने विद्यार्थी, विद्यालय तथा अभिभावकहरुको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले उक्त खेल प्रर्दशन गरिएको प्रिन्सिपल सबिना कारंजितले बताईन् ।
कारंजितले उक्त खेलले बालबालिकाको आत्मविश्वास, अनुशासन र सामुहिक भावनाको विकासमा थप सहयोग हुने विश्वास रहेको बताईन् । विद्यालयले प्ले ग्रुप देखी नै अतिरिक्त कार्यक्रहरु सञ्चालन गरी विद्यार्थीहरुलाई नृत्य, गीत संगित, चित्रकला, हस्तकला, कविता, बादविवाद, फुटबल, फुटसल, भलिबल, कराते, एन.सी.सी तालिम, लगाएतका थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताईन् ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगै सर्वाङ्गीण विकासका लागी विद्यालयले कुनै कसुर बाँकी नराख्ने थापाले बताईन् । खेल प्रर्दशनपछि साँस्कृतिक प्रस्तुतिहरू गर्दे पुरस्कार वितरण गरिएको थियो । विद्यालयका सञ्चालक समितिका अध्यक्ष भोला थापाले उक्त खेल प्रर्दशन जिल्लामै पहिलो र नयाँ भएको बताए । अभिभावक र विद्यार्थीहरुसँगै खेल खेलाएको थापाले बताए । कार्यक्रममा कार्यकारी निर्देशक इन्दु थापा एवं शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।





