जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक शुरु गर्यो गुनासो सुन्न ‘क्यू आर स्क्यान’
धुलिखेल/नागरिकका गुनासा सुन्न र नागरिकहरुलाई सेवा लिन आउँदा आवश्यक पर्ने कागजपत्रका बारेमा सजिलै जानकारी गराउने उदेश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नागरिक बडापत्रलाई प्रविधि मैत्री गराएको छ । नागरिकहरुले आवश्यक सेवा लिनु अघि ‘क्यु आर’ स्क्यान गरी जानकारी लिन सक्नेछन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका सम्वन्धमा आवश्यक कागजात तथा प्रकृयाको बारेमा जानकारी लिन क्युआर स्क्यान गरी लिकं खोल्न सकिने ब्यवस्था गरेको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी कार्यालयमा हाजिर भएको १० दिनमा गुनासो सुन्नका लागि पनि क्यु आर स्क्यान गर्न सकिने ब्यवस्था मिलाएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २३ गते सूचना प्रकाशन गरी ‘कार्यालय प्रति तपाईको गुनासो तलको क्यु आर स्क्यान गरी राख्न सक्नु हुनेछ’ जानकारी गराएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी कार्तिक १३ गते काभ्रेमा हाजिर भएका थिए ।





