एमालेको विघटित संसदीय दलको बैठक बस्दै

काठमाडौं / नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने भएको छ । 

नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा रहेका छन् ।

 देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।