रोशीमा दुई विद्यालयका ७८ विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै न्यानो पोशाक

रोशी÷अमरनाथ आधारभूत विद्यालय, रोशी–७ र शान्तिबुद्ध आधारभूत विद्यालय, रोशी–११ मा अध्ययनरत ७८ जना विद्यार्थीहरूलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री (स्कूल किट) वितरण गरिएको छ ।
२०८२ मंसिर १ गते विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । शैक्षिक सामग्री प्राप्त भएपछि उनीहरू अत्यन्त खुसी भएका थिए । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र (एचआरडिसी)ले ओएनजिडी एफएनईएलसँगको साझेदारीमा उक्त सामग्री उपलब्ध गराएको हो । कार्यक्रमले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । विद्यालयका शिक्षकहरूले वितरित सामग्रीले विद्यार्थीहरूको पठन–पाठनमा थप ऊर्जा र उत्साह भरिने विश्वास व्यक्त गरे । समुदाय, स्थानीय तह तथा सहयोगी हातहरूको संयुक्त पहलमा गरिएको विद्यालय सामग्री वितरण कार्यक्रमले शैक्षिक सशक्तिकरणको राम्रो उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताए ।

समावेशी शिक्षा प्रवद्र्धन, शैक्षिक समानता र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रमले दुर्गम क्षेत्रका विद्यालयहरूमा महत्वपूर्ण सहयोग पुगेको विद्यालय पक्षले जनाएको छ ।