प्रधानमन्त्री कार्कीले दलहरुलाई भनिन्– निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता हुन आग्रह गरेकी छन्।

बुधबार आयोगमा दर्ता भएका दलका प्रतिनिधि सहभागी बैठकलाई सम्बोधन गर्दै कार्कीले संसद् पुर्नस्थापनाको अडान छोडेर निर्वाचनतिर लाग्न भनेकी हुन्।

उनले संसद् पुर्नस्थापनाको अडान लिनु राजनीतिक दुर्घटनालाई दोहोर‍्‍याउन खोजेको पुष्टि हुनु रहेको पनि बताइन्।

दलहरूको सहभागिता, सहयोगबिना चुनावको परिकल्पना सम्भव नहुने भन्दै उनले मंसिर १० गतेभित्र अनिवार्य रुपमा दर्ता हुन पनि भनेकी छन्।

दल दर्ता नगर्ने र बहिष्कार गर्नु कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने पनि उनको भनाइ छ।