नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्यो
काठमाडौँ/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। गत बिहीबारबाट सूचना टाँसेर तीन पटक सारिएको बैठक फेरि सूचना टाँसेर सारिएको हो।
पार्टी केन्द्रीय कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज (बिहीबार) का लागि बोलाएको थियो।
बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन्।






