बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन

काठमाडौं / नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।

युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।