बुटवलमा रवि र छविको सुनवाइ स्थगित

बुटवल / उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार (मंसिर ४) हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको सुनुवाइ स्थगन गरिएको छ ।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दामा आजलाई पेसी तोकिएको थियो । तर, रवि र छविका पक्षबाट बहस गर्ने अधिवक्ताहरू नआइपुग्दा निवेदकले नै स्थगन मागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।